विप्लव नेतृत्वको नेकपालाई उत्तेजित नबनाइ वार्ताबाटै मूलधारमा ल्याउन सरकारलाई खाँडको सुझाव

 फागुन २९, २०७५ बुधबार १६:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्ताकै माध्यमबाट राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन अधिकतम पहल गर्न सरकारलाई सुझाव दिएको छ । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने भन्दा पनि उनीहरुलाई वार्ता र संवादकै बाटोबाट संवैधानिक प्रक्रिया र राष्ट्रिय राजनीतिको मूल धारमा ल्याउन उपयुक्त हुने पनि स्पष्ट पार्नुभयो । 

बुधबार संघीय संसद भवन परिसर नयाँ बानेश्वर सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले चन्द नेतृत्वको नेकपाले गरिरहेको हिंसात्मक गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै उनीहरुलाई सरकारले प्रतिबन्ध लगाउने भन्दा पनि राष्ट्रिय राजनीतिक मूल धारमा ल्याउन अधिकतम पहल गर्न उपयुक्त हुने बताउनुभयो । नेता खाँडले राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउन पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गर्नुभयो ।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहनु भएका नेता खाँडले चन्द नेतृत्वको नेकपालाई उत्तेजित बनाउने खालको कुनै पनि गतिविधि अघि नबढाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया