विप्लव नेतृत्वको नेकपा उग्र वामपन्थी राजनीतिक शक्ति हो, अन्तिम मौका दिनुपर्छ : डाक्टर भट्टराई

 फागुन २९, २०७५ बुधबार १६:२२:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय संगतिपूर्ण नरहेको टिप्पणी गर्नु भएको छ । 

संयोजक भट्टराईले राष्ट्र विखण्डनमा लागि परेको सीके राउतसँग सहमति गरेको सरकारले चन्द नेतृत्वको नेकपालाई एकैचोटी प्रतिबन्ध लगाउने निर्णय लिनु संगतिपूर्ण नभएको बताउनु भएको हो । 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले राष्ट्रिय जनता पार्टी, नेपालका सांसद रेशम चौधरीलाई जन्म कैद दिने अदालतको निर्णयप्रति पनि असन्तुष्टि जनाउनुभयो ।

संयोजक भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा उग्र वामपन्थी राजनीतिक शक्ति भएकाले उनीहरुलाई सुधारका लागि सरकारले अन्तिम मौका दिनुपर्नेमा प्रतिबन्ध लगाउने निर्णय लिनु ठिक नभएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया