ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिबारे स्पष्ट पार्न माग गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको साझा व्याख्या दुवै पक्षले गर्नुपर्ने माग गर्नु भएको हो । बुधबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी उहाँले सम्झौताको बुँदा नम्बर-२ लाई लिएर सरकारले जनअभिमतको कुरा गर्ने तर सिके राउतले जनमत संग्रहको कुरा गर्ने गरेको उल्लेख गर्दै त्यसको साझा व्याख्या गर्न माग गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।
बुँदा नम्बर-२ मा राउतले भनेजस्तै जनमत संग्रह गर्ने कुरा उल्लेख गरिएको भने हो त्यो नेपाली कांग्रेसलाई मान्य नहुने स्पष्ट पार्दै प्रवक्ता शर्माले त्यसलाई तत्काल सच्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।
प्रवक्ता शर्माले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने मामलामा सरकारलाई आफ्नो पार्टीको सधैं साथ रहने पनि स्पष्ट पार्नुभयो । उहाँले नेत्र बिक्रम चन्द नेतृत्वको नेकपालाई सम्वादकै माध्यमबाट सहमतिमा ल्याउन पनि सरकारलाई सुझाव दिनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेका चन्दलाई वार्ताकै माध्यमबाट सहमतिमा ल्याउन उपयुक्त हुने कांग्रेसको मान्यता रहेको प्रवक्ता शर्माको भनाइ छ ।
प्रवक्ता शर्माले मुलुकको शान्ति सुरक्षामाथि खलल् पुर्याउने कुनै पनि गतिविधि आफ्नो पार्टीलाई सह्य नहुने स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।