प्रचण्ड र ओलीबीच कुर्सीका लागि मात्रै एकता भएको हो : गगन थापा

 फागुन २९, २०७५ बुधबार १८:२८:३४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार आर्थिक क्रान्तिमा भन्दा पनि भ्रष्टाचारमा लिप्त भएको बताउनु भएको छ । 

उहाँले वर्तमान सरकार उद्योगधन्दा खोल्ने र कलकारखाना खोलेर आर्थिक क्रान्ति गर्ने पक्षमा नभएको बताउनुभयो । नेपाली कांग्रेसले अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा गरेको जनसभा तथा राशिक शहीद स्मृति प्रतिष्ठानको उद्धाटन समारोहलाई सम्बोधन गर्दै थापाले सरकार आर्थिक क्रान्तिभन्दा भ्रष्टाचारमा तल्लीन रहेको बताउनु भएको हो । 

देशलाई विकास र निकासका लागि भन्दा पनि पद र कुर्सीका लागि ओली र प्रचण्डबीच एकता भएको बताउँदै थापाले प्रधानमन्त्रीमा जिम्मेवारीबोध नभएको बताउनुभयो । त्यस्तै निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सरकार गम्भीर नरहेको पनि थापाले बताउनुभयो । पटक–पटक भ्रष्टाचार गर्दिनँ भनेर प्रधानमन्त्रीले भने पनि वाइडबडी र बुढीगण्डकीको बारेमा सरकार चुप रहेको थापाले आरोप लगाउनुभयो । 

दुई तिहाई बहुमतको सरकारले राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन नलागेको बताउँदै कांग्रेसले आफू हारेर पनि देशलाई र प्राप्त उपलब्धिलाई जोगाएको थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया