खोटाङको जालपामा रहेकाे सालघारी सामुदायिक वनमा डढेलो

 फागुन २९, २०७५ बुधबार १९:१३:५५ | उज्यालो सहकर्मी

खोटाङ - खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सालघारी सामुदायिक वनमा डढेलो सुरु भएको छ ।

सामुदायिक वनमा बुधबार दिउँसोदेखि भिषण डढेलो सुरु भएको हो । हावा हुरी चलेको समयमा वनमा डढेलो सुरु भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताउनुभयो । 

जंगल विनाश भए पनि मानव बस्ती जोखिममा नपरेको प्रहरीले जनाएको छ । वनमा लागेको डढेलो नियन्त्रणमा लागि प्रहरी चौकी जालपाबाट प्रहरीसमेत खटिएका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया