यातायात समितिलाई कम्पनीमा जाने समय तीन महिना थप

 फागुन २९, २०७५ बुधबार २०:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर चलिरहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महिना थप भएको छ ।

सङ्घीय संसद्का दुवै सदनबाट संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि समितिलाई कम्पनीमा जाने म्याद थप भएको हो ।

अब तीन महिना अर्थात जेठ १९ गतेसम्म समितिका गाडी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्नेछ । यसअघि दुई पटकसम्म कम्पनीनमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने म्याद थप भइसकेको छ । मंसिर मसान्तमा फागुन मसान्तसम्मका लागि म्याद थप भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया