चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
चितवन – यतिबेला धुर्मुस–सुन्तली क्रिकेट रंगशालाको काममा व्यस्त छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलबार र बुधबार धुर्मुस–सुन्तली श्रमदानमा व्यस्त भए ।
बालुवा बोक्ने मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भ्याइनभ्याई छ । उनीहरुले सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आवास निर्माणको काम गरेका थिए ।
टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस सुन्तली सँगै सिमेन्टको मसला बनाउने र बोक्ने उनीहरू दंग पनि परिरहेका थिए । निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने ।
निर्माणस्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भैरहेको छ । उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनीहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए । भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निमार्ण गर्न लागिएको छ । कट्टेल र घिमिरे दुवै जना एकै ठाउँमा बसेर स्थानीयहरुसँग भेटघाट पनि गरिरहेका थिए ।
निमार्णस्थलमा विभिन्न संघसंस्थाले श्रमदानसमेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ ।
तीन करोड नेपालीहरुको सहयोगले नै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने, ‘यो देशको विकासका लागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिएपछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।