कपिलवस्तुको बनकसवासामा आगलागी, चार घर जलेर नष्ट

 चैत १, २०७५ शुक्रबार २०:४५:२६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसवासामा  भएकाे आगलागीबाट ४ घर जलेर नष्ट भएका छन्  ।

आगलागीवाट ४ घर र ३ गोठ जलेर पर्ण रुपमा नष्ट भएका छन् । शुक्रबार दिउँसो एक बजेबाट लागेको आगोले स्थानीय रमेश नेपाली, प्रदिप नेपाली, धनबहादुर नेपाली र पूर्णबहादुर नेपालीको घर पूर्ण रुपमा जलेको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

घरसँगै गोठमा लागेको आगोमा परि केही पशुचौपायासमेत मरेको प्रत्क्षयदर्शीले बताएका छन् । आगलागीबाट घरभित्र रहेको अन्न लत्ताकपडा, नगद र जिन्सी पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

दिउँसो घरमा कोही नभएको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको स्थानीवासीले बताएका छन । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानीयको सहयोगमा साँझ ५ बजे मात्र निभाइएको थियो ।

 

अन्तिम अपडेट: बैशाख १, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया