रोाकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा एकजनाको मृत्यु

 चैत ३, २०७५ आइतबार ९:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – रोाकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा नवलपरासीमा एकजनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । 

बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका ८ खर्खोट्ट जंगलमा रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा, ना ६ ख ११९४ नम्बरको ट्रकमा सवार दाङका १८ वर्षका अनराम राखल मगरको ज्यान गएको छ । 

राती दुई बजेतिर ठोक्किएर च्यापिँदा घाइते भएका मगरलाई बिहान ६ बजेमात्र उद्धार गरेर अस्पताल पु¥याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घाइते दुईजनाको भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको छ । ना ६ ख ११९४ नम्बरको ट्रकका चालकको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया