एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

 चैत ३, २०७५ आइतबार १४:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण जितेका छन्।

नेपालले युथ एसियाली खेलकुदमा स्वर्ण जितेको यो पहिलो पटक हो। हङकङमा भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जित्न सफल भएका हुन् ।

उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पारे। अमितलाई अजितले ६ सेकेन्डले पछि पार्न सफल भए । अमितले निर्धारित दूरी ८ मिनेट ३६ दशमलव ३४ सेकेन्डमा पार गरे भने तेस्रो भएका यमनका हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।

एसियाली युथ एथलेटिक्समा ४० इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ, जसमा अहिलेसम्म सबैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जापानले ६, चाइनिज ताइपेइले ३, कजाख्स्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण हात पारेका छन् ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया