अस्थायी शिक्षकले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

 चैत ३, २०७५ आइतबार २०:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा मागेका छन् । 

आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन् ।

१५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनायता काठमाण्डाैलगायत देशभर सरकारविरुद्ध धर्ना तथा विरोध प्रर्दशन गर्दै आएका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन् ।

नेपालमा हाल करिब ४० हजार अस्थायी शिक्षक रहेका छन् । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका हुन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया