सिरी ए मा युभेन्टसकाे पहिलाे पराजय: जेनाेआले दुई शून्यले हरायाे

 चैत ३, २०७५ आइतबार २०:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरी ए च्याम्पियन युभेन्टसले लिगमा पहिलो हार ब्यहोरेको छ ।

आइतबार भएको खेलमा युभेन्टसलाई जेनाेआले २–० ले पराजित गर्‌यो । जेनाेआको मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि दुवै गोल सब्स्टिच्युट खेलाडीले गरेका थिए । पहिलो हाफ गोलरहित बनेको खेलमा स्टेफानो स्टुराराे र गोरान पान्डेभले एक एक गोल गरेका हुन् ।

७२औं मिनेटमा स्टुराराेले गोल गर्दै जेनाेआलाई अग्रता दिलाएका थिए । उनी लाजोभिचको स्थानमा ७०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मैदान पसेको दुई मिनेटमा नै उनले गोल गरे । ८१औं मिनेटमा पान्डेभले गोल गरे । उनी ६०औं मिनेटमा सानाब्रियाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

जितसँगै जेनाेआ ३३ अंक बनाउँदै एघारौं स्थानमा उक्लिएको छ । युभेन्टसको भने यो पहिलो हार हो ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया