लिभरपुलको जित, उक्लियो शीर्ष स्थानमा

 चैत ४, २०७५ सोमबार ७:९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । जेम्स मिल्नरको पेनाल्टी गोल निर्णायक बन्दा लिभरपुलले फुलह्याममाथि २–१ को निकाल्यो ।

जितसँगै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । फुलह्यामको मैदानमा भएको खेलमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २६ औं मिनेटमा अग्रता दिलाए ।

७४औं मिनेटमा रायल बाबेलले फुलह्यामका लागि गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । ८१औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीलाई जेम्स मिल्नरले गोलमा परिणत गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए, जुन अग्रता उसले अन्तिम ह्वीसेल बज्दा सम्म कायम राख्यो ।

जितसँगै लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । लिभरपुलले ७६ अंक बनाएको छ भने सिटीको ७४ अंक छ । सिटीको म्याच शनिबार फुलह्यामसँग नै हुँदैछ ।

फुलह्याम रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ । १७ अंक रहेको फुलह्याम रेलिगेशन जोनबाट अझ १३ अंक टाढा छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया