चेल्सीको निराशाजनक प्रदर्शन, एभर्टनसँग पराजित

 चैत ४, २०७५ सोमबार ७:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीको निराशाजनक प्रदर्शन अझै पनि कायमै रहेको छ । अइतबार राति भएको खेलमा चेल्सी एभर्टनसँग दुई शून्यले पराजित भयो ।

एभर्टनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफ घरेलु टिमलाई दबाबमा राखेको थियो । जसमा उसले दुई वटा उत्कृष्ट मौकाको सदुपयोग गर्न सकेन । एकपटक इडेन हाजार्डको प्रहार विफल भयो भने अर्को पटक पेद्रोले पाएको मौकालाई खेर फाले ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सी गोलका लागि संघर्ष गरिरहँदा एभर्टनले दुई गोल गर्‍याे । खेलको ४९ औं मिनेटमा रिचारलिसनले गोल गर्दै घरेलु टिमलाई एक शून्यले अगाडि राखे । 

त्यसपछि ७१ औं मिनेटमा तिनै रिचारलिसनलाई मार्को अलान्सोले डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई गिल्फी र्सिगुडसनले गोलमा परिणत गरे । जसका कारण उसले खेलमा दुुई शून्यले अग्रता बनायो । त्यसपछि चेल्सी खेलमा फर्कन सकेन र पराजित भयो । लिगमा चेल्सीको यो सातौं हार हो ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया