होली मनाउन प्रदेश २ सरकारले दियाे २ दिन सार्वजनिक बिदा

 चैत ६, २०७५ बुधबार १०:३३:४२ | उज्यालो सहकर्मी

धनुषा – होली पर्वको लागि प्रदेश २ सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश २ सरकारले चैत ७ र ८ गते दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । हिमाली र पहाडी जिल्लामा भने बुधबार होली पर्व मनाइँदैछ ।

मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ ।

संघीय सरकारले होलीका अवसरमा पहाडी जिल्लामा बुधबार र तराईका जिल्लामा बिहीबार १ दिन मात्र सार्वजनिक बिदा दिएको छ ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Basudev Regmi 'saptarangi'

    March 20, 2019, 11:26 a.m.

    प्रदेश नं. २ को सरकारले चैत्र ७ र ८ मा प्रदेशमा सार्वजनिक विदा स्वीकृत गरेको छ । तर फागु पूर्णीमालाई वेवास्था नगरि फागु पूर्णीमाको दिनपनि विदा दिनुपर्ने होनी !, हो परापूर्व कालदेखी नै हिमाल अनि पहाडमा फागूपूर्णिमाको दिन र तराईमा फागूपूर्णिमाको भोली पल्ट अथवा दास्रो दिनमा होली पर्व मनाउने चलन रहिआएको छ । नेपाल सरकारले (केन्द्रिय सरकारले) यि दुवैदिनमा देशैभरि सार्वजनिक विदा दिनुपर्नेमा नेपाल सरकारले पनि क्षेत्रअनुसार सार्वजनिक विदा घोषणा गरेर एकिकृत जनतामा निसारा पैदा गरेको जस्तो मलाई लागेकोछ । आर्थिक र व्यापारिक दृष्टीले पनि देशमा जे भएको छ, पूरै राष्ट्रमा एकै दिन एकै नियम कायम हुनु जरुरी हुन्छ जस्तो लाग्छ मलाई । यस्ता सार्वजनिक र साँस्कृतिक कार्यहरुमा केन्द्र देखि प्रदेश सम्मका सरकारहरुको सहि ध्यान जानु जरुरी छ । ताकी सबै जनतामा हामि नेपाली हुँ र हाम्रो मातृत्व यो हो भन्ने मा दुईमत नरहोस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया