ग्लोबल आईएमई बैंकको रुफटप सोलार कर्जा योजना
बैशाख ९, २०८२ मंगलबार
होलीमा रङ खेल्दै हुनुहुन्छ ? सावधान रहनुहोस् । होली खेल्दा रमाइलो त हुन्छ नै, होलीमा प्रयोग हुने रङले तपाईलाई असर पनि पुर्याउन सक्छ ।
होलीमा प्रयोग गरिने रङले शरीरमा सङ्क्रमण र एलर्जीको सम्भावना हुन्छ । रङमा प्रयोग गरिएका रसायनका कारण अनुहार बिग्रने र कपाल झर्ने समस्या पनि आउन सक्छन् ।
साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीको मज्जा लिने गर्छन् । वर्ष दिनमा मनाइने होली भन्दैमा अत्यधिक रंग प्रयोग गर्न नहुने छाला रोग विशेषज्ञले सुझाएका छन् ।
छाला रोग विशेषज्ञ डा. राजनबाबु ताज्याका अनुसार, ‘सकेसम्म रङ मुखभित्र पार्नु हुँदैन, आँखा र नाकलाई पनि बचाउनुपर्छ, संवेदनशील अंगमा रङले नकारात्मक असर गर्छ ।’ बजारमा बेचिने रङमा अत्यधिक रसायनयुक्त पदार्थ प्रयोग गरिने हुँदा सतर्कता अपनाउनुपर्ने हुन्छ । केमिकलयुक्त रङ र घामका विकिरण एक–आपसमा मिसिँदा यसले छालामा एक किसिमको एलर्जी हुन्छ ।
रंग दलेर धेरै बेर घाममा बस्न नहुने उहाँको सुझाव छ । ‘रंग लगाइहाले पनि अघिपछि भन्दा बाक्लो पारेर अनुहारमा ३० एसपीएफ भन्दा माथिको सनस्क्रिन क्रिम लगाउनुपर्छ, कपाल जोगाउन तेल लगाउन सकिने उहाँले बताउनुभयो ।
होलीमा रमाइलोका लागि चिच्चाउने, कराउने गरिन्छ । यसले शरीरमा ‘डिहाड्रेसन’ गराउने हुँदा पानी खाइरहनुपर्ने विशेषज्ञ सुझाव छ । त्यस्तै एकैपटकमा रङ पखाल्ने भन्दै जबरजस्ती अनुहार घोट्ने, कडा साबुन प्रयोग गर्ने गर्नु हुँदैन ।
बजारमा होलीका लागि छुट्याइएका रङले छाला चिलाउने, पोल्ने अथवा आँखामा पर्यो भने आँखा दुख्ने, रातो हुने समस्या देखिन थाल्छ । ‘रङमा प्रयोग गरिने आईसीडी नामको केमिकलले छाला रातो हुने, चिलाउने फुस्रो हुने या फोका उठ्ने समस्या पैदा गर्छ । छाला बिगार्छ । यसै पनि छाला सुख्खा छ भने छिट्टै पखाल्नु पर्छ ।
रङको प्रयोगले कसैलाई भने बेहोस हुने र स्मरणशक्ति कम हुने समस्या पनि आउन सक्ने हुन्छ । त्यसैले रङको प्रयोग गर्दा सावधान रहन जरुरी छ ।
होली खेल्नुअघि र खेलिसकेपछि ध्यान दिनुपर्ने कुराहरु
–होली खेल्न भन्दा आधा घण्टा पहिला राम्रोसँग अनुहारमा ३० एसपीएफभन्दा माथिको सन स्क्रिन क्रिम लागाएर खेल्ने ।
–यदि छाला धेरै सुख्खा छ भने पहिला मोस्चराइज क्रिम लागाउने अनि सन स्क्रिन क्रिम लागाउने ।
–लामो समयसम्म शरीरमा रङ नराख्ने ।
–सफा पानीले मात्रै मुख धुने । पानी धेरै पिउने ।
–पुरै शरीर छोपिने कपडा लगाउने ।
–आँखामा चस्मा तथा सन गगल्स लगाउने ।
–रङ निकाल्नका लागि छाला बेस्सरी रगड्नु हुँदैन । रङ खेल्नुअघि तेल लगाउने जसले गर्दा रङ छालाबाट सजिलै निकाल्न सकिन्छ ।
–नुहाइसकेपछि पनि मोस्चराइज क्रिम लगाउने ।
–होली खेलेको एक हप्तासम्म फेसमा क्लिन्जिङ, फेसियल तथा स्क्रब नगर्ने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।