प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अर्घाखाँची – माओवादी द्वन्द्वकालमा अति प्रभावित रहेको अर्घाखाँची जिल्लामा त्यतिबेला बेवारिसे छाडिएका बमहरु अझै भेटिँदैछन् ।
मंगलबार मात्रै अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएका छन् । मालारानीको वडा नम्बर ३, खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो । बम भेटिएपछि स्थानीयहरु त्रसित रहेका छन् ।
२ वटा सकेट बम भेटिएको र नेपाली सेनाको टोलीले सुरक्षित ठाँउमा लगेर पड्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
गुफामा शंकास्पद वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको र सूचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको तथा त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरीक्षक खिमबहादुर घर्ती मगरले जानकारी बताउनुभयो ।
प्रहरी नायब निरीक्षक घर्तीका अनुसार भेटिएका सकेट बम अहिलेका नभइ, द्वन्द्वकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानबाट पत्ता लागेको हो ।