वैदेशिक रोजगार विभागका नायव सुब्बा फुयाँल घुससहित पक्राउ

 चैत ८, २०७५ शुक्रबार १२:१२:१२ | उज्यालो सहकर्मी

काठमाण्डौं – वैदेशिक रोजगार विभागका नायव सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ परेका छन् । 

विभागको काठमाण्डौं कार्यालयका नायब सुब्बा फुयाँलले वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई उनी विरूद्ध उजुरी परेको र पक्राउ पुर्जी जारी गर्ने भन्दै धम्क्याएर सेवाग्राही घुस मागेको सूचना अख्तियारले पाएको थियो । 

त्यही सूचनाका आधारमा अख्तियारको टंगालमा रहेको कार्यालयको टोलीले फुयाँललाई ६० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनले लिएको ६० हजार रुपैयाँ  जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिएर केही समयपछि खड्कासँग पैसा लिँदै गर्दा पक्राउ गरिएको हो । नायब सुब्बा रामकुमार फुयाँल र फलफूल व्यवसायी ध्रुव खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया