यसरी भर्नुपर्छ बेरोजगारको फारम

 चैत ११, २०७५ सोमबार ८:३६:२४ | उज्यालो सहकर्मी

काठमाण्डौ – बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ र विभिन्न वडा कार्यालयमा धमाधम बेरोजगारको आवेदन संकलनको काम पनि भैरहेको छ ।

बेरोजगार दर्ताको लागि एउटा फारम भर्नुपर्छ । सरकारले तयार पारेको यो फारम सबै वडा कार्यालयमा पाइन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन पेश गर्नुपर्छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद बैठकले निवेदन फारममा केही संशोधन गरेको छ ।

बेरोजगारले भर्नुपर्ने निवेदन यस्तो छ :

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसैअनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिन यो कार्यक्रम ल्याइएको हो । स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक यस कार्यक्रममा समावेश हुन पाउनेछन् ।

वडा कार्यालयले प्राप्त भएका निवेदन सात दिन भित्र रोजगार सेवा केन्द्रमा पठाउनुपर्नेछ । त्यसपछि रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म रोजगारी नपाउनेहरुको संख्या र न्यूनतम १०० दिन रोजगारी नपाउनेहरुको संख्या छुट्याउनेछ ।

त्यसरी प्राप्त निवेदनहरु केन्द्रले ३० दिन भित्र सम्बन्धित प्रदेशको रोजगार कार्यक्रम हेर्ने मन्त्रालयमा पठाउनुपर्नेछ । रोजगार सेवा केन्द्रले बेरोजगारको सूचीसँगै आफ्नो क्षेत्रमा रहेका रोजगारदाता र सरकारी स्तरका रोजगार सम्भास्य विकास आयोजनाको तथ्यांक पनि संकलन गर्नेछन् ।

निवेदको दक्षता, क्षमता र सीपको आधारमा रोजगार सेवा केन्द्रले नै रोजगारीका लागि सिफारिस गर्नेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सरकारले कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका क्षेत्र पहिचान गरेको छ । 

सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिनेछ । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

6 Comments

  • Kiran

    Dec. 7, 2020, 2:46 a.m.

    म बेरोजगार छु , कृपया मलाई केहि काम दिनुहोस, मेरो श्रीमती र छोरा छ / हामी धेरै गरीब छौं /

  •  0 Reply
  • Pritam mewahang

    March 28, 2019, 12:43 a.m.

    बिगत ४वर्षबाट खाडी मुलुकमा आफ्नो पसिना बगाउदै श्रम बेच्दै आएको छु, अब नेपाल फर्कने र आफ्नै देशमा केही गर्छु भन्ने सोच बनाको छु ।

  •  0 Reply
  • lokendra bahadur bk

    March 26, 2019, 11:34 a.m.

    म अहिले मलेसियामा गत १ बर्ष भन्दा अगाडी देखि सेकुरेटी कार्यमा कार्यरत छु सरकारले मलाई यहि दक्ष्यताको आधारित ठाउ दिए लाभान्वित हिने थिए (नेपाल फर्केपछि )

  •  0 Reply
  • Tilak tamata

    March 26, 2019, 8:57 a.m.

    Jobs in hotal

  •  0 Reply
  • Anisha basnet

    March 25, 2019, 4:44 p.m.

    I am searching for a job in management field.

  •  0 Reply
  • Ramniwas kushwaha

    March 25, 2019, 3:05 p.m.

    I am

  •  0 Reply

तपाईको प्रतिक्रिया