देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना

 चैत १२, २०७५ मंगलबार ६:२८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसकै असरले काठमाण्डौसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उहाँले जानकारी दिनुभयो । 

यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।

प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ । मंगलबार रातिदेखि नै मौसममा सुधार आउने उहाँको अनुमान छ । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया