ग्यास सिलिण्डर विस्फोट हुँदा ज्यान गुमाएका मध्ये दुईजनाको परिचय खुल्यो

 चैत १२, २०७५ मंगलबार ११:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका–४ चाकुमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ज्यान गएकामध्ये दुईजनाको मात्रै परिचय खुलेको प्रहरीले जनाएको छ ।

शिवश्री हाइड्रोपावरको सीआरसी ठेकेदार कम्पनीमा सोमबार बेलुका विस्फोट भएर ज्यान गुमाएकामध्ये दोलखा सिपाश्वरका २३ वर्षका भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षका सञ्जुक लामाको मात्रै परिचय खुलेको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

खाजा बनाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको र शव क्षतविक्षत भएकाले पहिचान खुल्न समस्या भएको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया