हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित
कात्तिक २२, २०८१ बिहिबार
बाँके - आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थलको भीआईपी प्यारापिट जडानको काम मंगलबारबाट सुरु भएको छ ।
सोमबार साँझ नेपालगञ्ज रङ्गशालामा आइपुगेको प्यारापिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ । चीनबाट सिंगापुर, मलेसिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको प्यारापिट जडानको काम चिनियाँ इन्जिनियरहरुले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिनुभयाे ।
डिजाइन अनुसार नै भिआइपी प्यारापिट जडानको काम भइरहेको बताउँदै उहाँले छिटो काम सक्न रातदिन काम गर्ने बताउनुभयाे ।
रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्यारापिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ । ‘इन्जिनियरलाई जे–जे चाहिन्छ उक्त सामान तत्काल उपलब्ध गराउनूस्,’ उहाँले भन्नुभयाे ।
केही दिन रुपेडिहा भन्सारमा रोकिएको प्यारापिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमबार राति नेपालगञ्ज रंगशाला प्रवेश गरेका थिए ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भीआइपी प्यारापिट निर्माण ढिलाइले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाइ भएको छ । दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्टसँगै प्रदेश नं-५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्ने तयारीमा छन् ।
चैत २७ गते राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुने आठौँ राष्ट्रिय प्रतियोगिताको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी गरेको छ । ‘आठौँ राष्ट्रिय प्रतियोगिता २०४२ सालपछिको ऐतिहासिक उपलब्धि हुनेछ’, सदस्य सचिव विष्टले भन्नुभयाे । अहिले सवा अर्बभन्दा बढीको पूर्वाधार बनेको छ । आठौँ राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जलाई पूर्वाधारयुक्त शहर बनाइदिएकोमा नेपालगञ्जवासी खुशी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।