हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित
कात्तिक २२, २०८१ बिहिबार
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार एक खेल हुँदैछ । बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै छन् ।
बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर पहिलो खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो । मुम्बईविरुद्ध बैंगलोर उक्त हार बिर्साउने लक्ष्यसहित मैदान उत्रने छन् ।
बैंगलोरलाई घरेलु समर्थक र स्टार खेलाडीहरुको साथ समेत रहने छ । बैंगलोरमा पार्थिव पटेल, मोइन अली, एबी डी भिलियर्स, सिम्रन हिटमाएर, टिम साउथी, उमेश यादव, युजभेन्द्र चाहल जस्ता खेलाडी रहेको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई बलियो टोली हो । तर, पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।
मुम्बई बैंगलोरलाई उसैको मैदानमा हराएर पहिलो जित निकाल्न चाहन्छ । मुम्बईमा युवराज सिंह, हार्दिक पाण्ड्या, केइरन पोलार्ड, क्विनटन डी कक, जस्प्रित बुम्रहा जस्ता खेलाडीको साथ रहेको छ ।
बैंगलोर र मुम्बईबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई बलियो देखिएको छ । बैंगलोरले पछिल्लो पाँच भेटमा मुम्बईलाई एक पटक मात्र हराउन सकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।