पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

 चैत १५, २०७५ शुक्रबार ८:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार पहाडी क्षेत्रका केही भूभागमा साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको असरले साँझपख पहाडी भेगको एकदुई ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने संभावना पनि छ ।

स्थानीय वायुको असरले शुक्रबार काठमाण्डौ उपत्यकासहित देशका पहाडी भूभागको मौसम बदली भएको छ । तराई क्षेत्रको मौसम भने सफा छ ।

पश्चिममा न्यूनचापीय प्रणाली आउन लागेकाले शुक्रबार राति पश्चिमी क्षेत्रको मौसम बदली भई केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् रिमालको अनुमान छ । 

यही प्रणाली मध्य हुँदै पूर्व पुग्ने भएकाले शनिबार दिउँसो काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भई केही ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया