सांघाई विश्वकै पहिलो फाइभजी शहर, फोरजीभन्दा सयौं गुणा छिटो

 चैत १७, २०७५ आइतबार १३:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

चीनले सांघाई शहर फाइभजी (पाँचौं पुस्ता) कभरेज र ब्रोडब्याण्ड कनेक्टिभिटी तथा नेटवर्कयुक्त विश्वकै पहिलो शहर भएको दाबी गरेको छ । 

चीन नेक्स्ट जेनेरेशन (अघिल्लो पुस्ता) मोवाइल नेटवर्कको विषयमा अमेरिका र अन्य देशलाई पछाडि पार्ने कोसिस गरिरहेको छ । फाइभजी, सेलुलर मोवाइल टेक्नोलोजीको अघिल्लो पुस्ता हो, जसले फोरजी नेटवर्कको तुलनामा १० देखि १०० गुणा छिटो स्पीड दिन्छ । 

चाइना डेलीका अनुसार, संघाईमा फाइभजी कभरेज र ब्रोडब्याण्ड गिगाबिट नेटवर्क तयार भएको छ । फाइभजीको सफल परीक्षण भइसकेको छ र आधिकारिकरुपमा यो सेवाको संघाईको हङ्ग काउमा सुरु गरिएको छ । 

फाइभजी सेवा विस्तारको गर्ने मौकामा संघाईको उप–मेयर वू किङ्गले विश्वको पहिलो फाइभजी उपयुक्त फोन हुवावे मेट एक्सबाट भिडियो कल पनि गरेका थिए । चीनले आफ्ना कयाैँ शहरमा फाइभजी सेवा विस्तार गरिरहेको छ।   
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया