चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
कात्तिक २२, २०८१ बिहिबार
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी २-१ गोल अन्तरले विजयी भएको छ ।
छैटौं स्थानको चेल्सी जितसँगै ६० अंकका साथ पाँचौं स्थानको आर्सनलसँग अंक बराबरी गर्न सफल भयो । रेलिगेशन जोनको कार्डिफ सिटीले सुरुवाती अग्रता भने जोगाउन सकेन ।
४६ औं मिनेटमा ह्यारी अर्टरको पासमा भिक्टर क्यामरसले १६ यार्ड टाढाबाट सुन्दर गोल गर्दै कार्डिफलाई अग्रता दिलाएका थिए । सोही गोलका माध्यमबाट १–० को लिएको अग्रता कार्डिफले अन्तिमसम्म जोगाउन भने असफल भयो ।
८४औं मिनेटमा चेल्सीका ८४ औ मिनेटमा किजर एजपिलक्वेटाले बराबरी गोल गरेका थिए । तर उक्त गोल भने विवादस्पद बनेको छ । कार्डिफले अफसाइड गोल भएको दावी गरेको छ ।खेल बराबरी तर्फ अघि बढेका बेला इन्ज्युरी समयमा चेल्सीले अर्को गोल थपेको थियो ।
लोफ्टस चेकले हेडर गोल गर्दै चेल्सीको उद्दार गरेका थिए । सोही गोलका कारण चेल्सी २–१ गोल अन्तरले विजयी हुन सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।