हावाहुरीको वितण्डा : उद्दारको काम चल्दै, अस्पताल घाइतेले भरिए

 चैत १८, २०७५ सोमबार ६:२५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – आइतबार साँझको भीषण हावाहुरीका कारण बारामा मात्रै २७ जनाको ज्यान गएको पुष्टि भएको छ । चारसयभन्दा धेरै घाइते भएका छन् । घाइतेको वीरगञ्ज र कलैयाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अस्पताल घाइतेले भरिएका छन् ।

राति भएका कारण उद्दारको काम प्रभावकारी हुन नसकेको र सोमबार उज्यालो हुनेबित्तिकै उद्दारको काम तीव्र रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हावाहुरीपछि विद्युत्त अवरुद्ध भएकाले राति उद्दारको काम प्रभावकारी हुन नसकेको हो । 

हावाहुरीले घर भत्किँदा, बिजुलीको पोल ढाल्दा र केही ठाउँमा गाडी समेत पल्टिँदा धनजनको ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया