च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
भारतमा चुनावको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) ले सोमबार विभिन्न ६८७ फेसबुक पेज तथा एकाउन्टलाई हटाइएको फेसबुकले सोमबार जानकारी गराएको छ ।
विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानुन उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्बद्ध ती पेजहरू हटाएको हो ।
भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म चुनाव भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होचाउने, गाली गर्ने र झूट्टा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका पेजहरू हटाइएको फेसबुकको दाबी छ ।
“अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,” फेसबुक कम्पनीले भनेको छ ।
फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेजहरू र एकाउन्टहरूले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ ।”
“यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरित हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ ।”
विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकारलगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दबाब दिँदै आएका खबरहरू आउने गरेका छन् ।
यसैबीच भारतीय कङ्ग्रेसका नेता मनिस तेवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको सञ्चारमाध्यमसँग बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।