साइपाल गाउँपालिकाका नायब सुब्बालाई कालोमोसो

 असार १३, २०७५ बुधबार १९:४५:१२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको विकट साइपाल गाउँपालिकाका नायब सुब्बा राधाकृष्ण जोशीलाई बुधबार कालोमोसो दलिएको छ ।

गाउ“ सभा गर्नका लागि गाउँपालिकातर्फ जाँदै गर्दा तल्कोट गाउँपालिकाको कुवा भन्ने ठाउँमा उनीमाथि कालोमोसो दल्ने काम भएको प्रहरीले जनाएको छ । 
जोशी यस अघि साइपाल गाउ“पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए ।

नेकपा (विप्लव) निकट व्यक्तिहरुले जोशीलाई आफूहरुले कालोमोसो दलेको भनेर सामाजिक सञ्जाल मार्फत जिम्मेवारी लिएका छन् ।

उनीहरुले जोशीले अनुदानको चामल महंगोमा विक्री गरेको आरोप लगाएका छन् । 

साइपाल गाउँपालिकाको लागि नेपाल सरकारले अनुदान कोटामा दिएको २ हजार क्विन्टल चामल मध्ये १ हजार ५ सय क्विन्टल चामल स्थानीयलाई नदिएर यार्सा संकलकहरुलाई बढी मूल्यमा विक्री गरेको आरोप विप्लवका कार्यकर्ताहरुले लगाएका छन् । 

यस्तै जोशीले कार्यालय व्यवस्थापनको लागि भएको खर्चमा पनि अनियमितता गरेको र सुधारका लागि सचेत गराउँदा पनि नमानेकोले कालोमोसो दलेर कारवाही गरिएको नेकपा (विप्लव) ले गठन गरेको जिल्ला जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । 

यता नायब सुब्बा राधाकृण्ण जोशीले विप्लवका कार्यकर्ताहरुले आफूलाई ५ लाख रुपैयाँ चन्दा दिनुपर्छ भन्ने दबाब दिएको र चन्दा नदिए पछि कालोमोसो लगाएर दुर्व्यवहार गरेको बताएका छन । 

‘हाम्रो पार्टीलाई पाँचलाख सहयोग गर्नुपर्छ भनेर अस्ति देखि नै भनिरहेका थिए’ उनले भने ‘मैले त्यत्रो रकम कहाँबाट दिने ? म सक्दिन भनेर भने । त्यही रिसले मलाई दुर्व्यवहार गरेका हुन ।’

जोशीलाई कालोमोसो विप्लवका कार्यकर्ताहरुले लगाएको र उनीहरुको पहिचान समेत भैसकेको बताउँदै सरकारी कर्मचारी माथि दुव्यवहार गर्नेलाई कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

‘कालोमोसो लगाउने काममा को को संलग्न छन भन्ने हामीले पत्ता लगाइसकेका छाैं’ डिएसपी ऋषिराम कँडेलले भन्नुभयो, ‘सबैको खोजी कार्य भैरहेको छ । चाँडै कारबाहीको दायरामा ल्याइन्छ ।’ 

केही दिन पहिले विप्लवकै कार्यकर्ताहरुले साइपाल गाउ“पालिकाको कार्यालयमा रहेको साइनबोर्ड समेत तोडफोड गरेको प्रहरीले बताएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • araj

    June 28, 2018, 7:48 a.m.

    ujayalo jatiko media le yesto photo rakhanu derai dukhat ho manhani hunxa yesari ta

  •  0 Reply

तपाईको प्रतिक्रिया