कक्षा १२ को परीक्षाका लागि बोर्डले सबै विकल्प र संयन्त्र अपनाउन...
बैशाख ९, २०८२ मंगलबार
‘भेनेजुएलामा देखिएको राजनीतिक तनावले एउटा नयाँ क्यारेबियन संकट या देश दोस्रो सिरिया को रुपमा परिणत नहोस्, ’ रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले भने, ‘अमेरिकाले पश्चिमी गोलार्धलाई आफ्नो पछाडिको भाग मान्दै आएको छ ।’
मोस्कोभस्की कोम्सोमोलेट्स पत्रिकासँग कुरा गर्दै विदेशमन्त्री लाभरोभले भने, ‘अमेरिकाले भेनेजुएलाका नागरिकको जीवनस्तर सुधार्न अवलम्बन गरेकाे तरिका हामी मान्दैनौं ।’
वासिङ्टन भेनेजुएलाका विपक्षी नेता जुआन गुएइदोको पक्षमा उभिएको छ, जसले केही महिनाअघिमात्रै आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । उनको यो घोषणासँगै विश्वका शक्तिशाली देशहरु दुई धारमा विभाजित भएका थिए । यो सँगै संघर्षरत देशविरुद्ध आर्थिक प्रतिबन्धको सुरुवात भएको छ, यसले खाद्य र चिकित्सा सामग्री आपूर्तिको आयातमा रोक लगाइएको छ ।
अमेरिकाका शीर्ष अधिकारीहरुले भेनेजुएलाका अवाञ्छित समाजवादी नेता निकोलस मदुरोलाई सत्ताबाट हटाउनका लागि तथाकथित ‘मानवीय हस्तक्षेप’ गर्ने धम्की दिएका छन् ।
लाभरोभले मदुरोको विरोध गर्ने अरु देशले पनि भेनेजुएलामा राजनीतिक संकटबाट बाहिर आउनका लागि आकस्मिक चुनाव चाहेका तर अमेरिकाले भने बलको प्रयोग उल्लेख गरेको छ । ‘म तपाइँरुलाई यो विश्वास दिलाउँछु कि भेनेजुएलामा सैन्य हस्तक्षेपको प्रयास गरिए ल्याटिन अमेरिकी राज्यका अधिकांश हिस्साले यसलाई मान्यता दिनेछैन ।’
उनले भने, ‘मलाई लाग्दैन कि क्यारेबियन संकट फेरि उत्पन्न हुनेछ, न त भेनेजुएलामा दोस्रो सिरिया को बारेमा सोच्न सकिन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।