तल्लो सोलु हाइड्रोपावरमा एक कामदारको ज्यान गयो

 चैत २६, २०७५ मंगलबार १८:४८:२१ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु - निर्माणाधीन तल्लो सोलु हाइड्रो पावर कम्पनीमा काम गर्ने एक भारतीय कामदारको ज्यान गएको छ ।

टनेलमा प्लास्टर गर्नेक्रममा माथिबाट आएको ढुंगाले किच्दा २० वर्षका रबिआल अलीको ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

भारतको आसाम पानीमरिचा स्थायी ठेगाना भएका अलीको मंगलबार बिहान ६ बजे जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ज्यान गएको सोलुखुम्बुका प्रहरी निरीक्षक अम्बर निरौलाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा निर्माणाधीन हाइड्रो पावरमा सात महिनाअघि काम गर्न आएका अलीका तीन दाजुभाइ सँगै काम गरिरहेका थिए । शवको मंगलबार नै जिल्ला अस्पताल फाप्लुमा पोस्टमर्टम गरी भारत लगिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया