केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ

 बैशाख २, २०७६ सोमबार ९:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काण्माण्डौ - केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ । 

केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिलाबारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरुलाई नियन्त्रणमा लिएको हो । 

गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने खुलाईएको छैन । 

नेपाली युवतीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म पुगे भन्नेबारेमा जानकारी नभएको त्याहाँको प्रहरीले जनाएको छ ।   
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया