वास्तविक सुकुम्वासीको समस्या समाधान गरिन्छ: प्रम ओली

 वैशाख ७, २०७६ शनिबार १७:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

नवलपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्वासीका समस्या समाधान नगरेका कारण ठूलो देखिएको बताउनुभएको छ । 

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठूलो समस्या नै नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो,‘सुकुम्वासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।’

घरखेत नभएका नै वास्तविक सुकुम्वासी भएको भन्दै उहाँले वास्तविक सुकुम्वासीको पहिचान गरेर समस्या समाधान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘कावासोतीमा घर छ, बर्दघाटनमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्वासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउँदा घडेरी छैन भने यहाँ सुकुम्वासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्वासी होइन । वास्तविक सुकुम्वासीको समस्या समाधान गरिन्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगायतका काममा जिम्मेवार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिनुभयो । उहाँले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि शर्त राखेर गैर जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिनुभयो ।

योजनाबद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उहाँले निकट भविष्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दावी गर्नुभयो ।

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरी १ सय ८६ बिगाहा क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया