शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
इण्डियन प्रिमियर लिग-आईपीएलको फ्रेञ्चाइजी क्लब राजस्थान रोयल्सले अजिंक्या रहाणेलाई कप्तानबाट हटाएको छ ।रोयल्सले उनको सट्टा पुराना कप्तान अष्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तानी सुम्पिएको छ ।
यो संस्करणमा क्लबले खेल्न बाँकी सबै खेलका लागि स्मिथलाई कप्तानको जिम्मेवारी दिइएको हो । राजस्थान रोयल्सको व्यवस्थापनले शनिबारको मुम्बइ इण्डियन्सविरुद्धको खेल हुनुअगाडि यो निर्णय लिएको हो ।
राजस्थान रोयल्स अजिंक्या रहाणेको कप्तानीमा पछिल्लो सिजनको आईपीएलमा प्लेअफसम्म पुृगेको थियो । तर यो सिजनमा भने उसले खेलेका ८ मध्ये २ खेलमात्र जित्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
अघिल्लाे वर्ष स्टिभ स्मिथ बल टेम्परिङका कारण प्रतिबन्धित भएपछि उनकाे सट्टा टिमकै अर्का खेलाडी अजिंक्या रहाणेलाई कप्तान बनाइएकाे थियाे । चलिरहेकाे प्रतियाेगिताकाे बीचमै कप्तान बदल्नुकाे कारण प्रस्ट्याउँदै टिम व्यवस्थापनले भनेकाे छ, ‘अजिंक्या रहाणेले आफ्नाे कप्तानीमा अघिल्लाे सिजन टिमलाई प्लेअफसम्म पुर्याएका थिए । तर पनि चालु सिजनमा टिमकाे उद्देश्य पूरा गर्न कप्तानीमा बदलाव ल्याउन जरुरी छ ।’
कप्तानकाे जिम्मेवारी सम्हालेपनि स्मिथले मे १ तारिखसम्म मात्र आईपीएल खेल्नेछन् । त्यसपछि लिग चरणकाे एउटा खेलमात्र बाँकी रहन्छ । टिमका अन्य दुई खेलाडी जस बटलर र बेन स्टाेक्स पनि विश्वकपमा इंग्ल्याण्डकाे राष्ट्रिय टाेलीकाे क्याम्पमा सहभागिता जनाउन अर्काे हप्ता इंग्ल्याण्ड जाँदैछन् ।
बदलावका बारेमा टिम व्यवस्थापनले थपेकाे छ, ‘स्टिभ स्मिथ सदैव टिम नेतृत्वकाे महत्वपूर्ण अंग रहँदै आएका छन् भने रहाणे पनि टिमकाे महत्वपूर्ण खेलाडीका रुपमा रहेका छन् । तैपनि टिमले याे बदलावलाई अंक तालिकामा माथि आउन आवश्यक नतिजा हासिल गर्ने रणनीतिका रुपमा लिएकाे छ ।’
Niraj Kattel
April 20, 2019, 8:45 p.m.आजको खेलमा मुम्बै इन्डिअन्सलाई हराएर स्मिथलाई क्याप्टेन बनाउने निर्णयलाई उनले सहि साबित गरिदिएका छन।