सरकारको स्वेच्छाचारिता बढ्दै गएको छ: कांग्रेस सभापति देउवा

 वैशाख ७, २०७६ शनिबार २०:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको स्वेच्छाचारिता बढ्दै गएको आरोप लगाउनुभएको छ । 

प्रतिनिधिसभाका पूर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति रुद्रमणि शर्मा भण्डारीको १० औ पुण्यतिथिका सन्दर्भमा शनिबार काठमाण्डौमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले यस्तो बताउनुभएको हो ।

नेपाली सेना तथा संवैधानिक निकायमाथि आफ्नो वर्चस्व कायम गर्दै लगेर ती निकायलाई कमजोर बनाउने काम सरकारबाट भइरहेको भन्दै उहाँले त्यसविरुद्ध एक ढिक्का हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले सरकारका गतिविधि विरुद्धको प्रतिकार र प्रजातन्त्रको संरक्षण र सम्वर्द्धनका लागि पार्टी आन्तरिक रुपमा नै सशक्त र एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस गुल्मी-काठमाण्डौ मञ्चले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा पूर्व सभामुख दमननाथ ढुंगानासहित नेता कार्यकर्ताको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया