डडेल्धुरा बस दुर्घटना : ज्यान गुमाउनेको परिचय खुल्यो

 बैशाख ११, २०७६ बुधबार ११:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

डडेल्धुरा – डडेल्धुराको साउखर्कमा बस दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाको परिचय खुलेको छ ।

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटना हुँदा बझाङ केदारस्यू गाउँपालिकाका नरेन्द्र गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै ज्यान गएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

घाइते २० जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 

यो पनि पढ्नुहोस् । 

डडेल्धुरामा बस दुर्घटना : ५ जनाको ज्यान गयो, २० जना घाइते
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया