लोकतन्त्र दिवसमै लोकलाई दुःख, सडकमा जाम, आकाशमा जहाज घुमेको घुम्यै

 बैशाख ११, २०७६ बुधबार १२:५३:३३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – देशले लोकतन्त्र दिवस मनाइरहँदा राष्ट्रपतिको सवारीका कारण नागरिकले सडकदेखि आकाशसम्म दुःख खेपेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश झण्डै एक घन्टा बन्द गरिएको थियो । 

राष्ट्रपति भण्डारीको उडान समय बिहान ११ बजेर १० मिनेटमा थियो, तर नेपाल वायुसेवा निगमको जहाज भण्डारीलाई लिएर साढे ११ बजे मात्रै उडेको थियो । राष्ट्रपतिकै सवारीलाई ध्यानमा राखेर ४० मिनेट आकाश बन्द गर्ने पहिलेकै योजना थियो । तर उडान ढिलो हुँदा एक घन्टाभन्दा धेरै समय त्रिभुवन विमानस्थलबाट उडान र अवतरण बन्द गरिएको थियो । 

‘हामीले ४० मिनेट बन्द गर्ने योजना बनाएका थियौँ, तर उडान ढिलो हुँदा ५० मिनेट जति  विमानस्थल बन्द हुन पुग्यो, हामीले अहिले म्यानेज गरिरहेका छौँ ।’ विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

विमानस्थल बन्द हुँदा चाइना साउदर्न, टर्किस, सलाम, सिचुआन, कतारलगायतका जहाजको उडान र अवतरण प्रभावित भएको थियो । यस्तै दर्जनौँ आन्तरिक उडान पनि प्रभावित भएका छन् । 

विमानस्थलको धावनमार्गमा नयाँ पिच थप्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा यसै पनि दिउँसो चाप हुने गरेको छ । त्यसमाथि राष्ट्रपति भण्डारीकै कारण झण्डै एक घन्टा विमानस्थल बन्द हुँदा अहिले उडान र अवतरण अस्तव्यस्त भएको छ ।

यदि राष्ट्रपतिको कारण विमानस्थल बन्द नभएको भए एक घन्टामा दुई दर्जनभन्दा धेरै उडान र अवतरण भैसक्ने विमानस्थलका कर्मचारीले बताएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया