सप्तरीमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गयो, चार जना घाइते

 बैशाख ११, २०७६ बुधबार १७:२६:७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी- पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा चालकसहित अन्य चार जना घाइते भएका छन् ।

फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका कामदारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ज्यान गुमाउनेमा सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेका छन् । 

दुर्घटनामा घाइते भएकाहरुको अग्नि साइन कृष्ण सवरन गााउँपालिका वडा न.४ महुली बजारमा रहेको अहिर अस्पतालमा उपचार भइरहेको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया