न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
बाँके - ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।
नेपालगञ्ज रङ्गशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी विजेता बन्न सफल भएको हो । आर्मीका लागि खेलको ४३ औं मिनेटमा जर्सी नम्बर ४ का विकास तामाङले गोल गरेका थिए ।
आर्मी र प्रहरी दुवै टोलीले आक्रामक खेल्दै गोलको प्रयास गरेका थिए ।
यसैगरी प्रतियोगितामा प्रदेश नम्बर ५ लाई ७–१ गाेल को फराकिलो अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब तेश्रो भएको छ । विजयी खेलाडीहरुलाई कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य सचिव केशवकुमार विष्ट लगायतले पदक तथा ट्रफी प्रदान गर्नुभएको थियो ।