नेकपाका प्रदेश २ का चार जिल्लाका नेताले गरे सचिव पद अस्वीकार

 बैशाख १२, २०७६ बिहिबार १९:५२:११ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ का चार जिल्लाका नेकपा तथा पूर्व नेकपा माओवादीका नेताले पार्टीले मनोनयन गरेको सचिव पद अस्वीकार गरेका छन् । उचित मूल्यांकन गरी पद नदिएको भन्दै असन्तुष्ट नेकपाका चार नेताले पार्टीले मनोनयन गरेको सचिव पद अस्वीकार गरेका हुन् ।  

आफूूभन्दा कनिष्ठ पूूर्व एमालेका नेताहरुलाई अध्यक्ष पद दिएको भन्दै पूर्व नेकपा माओवादीका नेताहरु पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेर पद अस्वीकार गरेका हुन् ।

पद अस्वीकार गर्नेहरुमा धनुषाका सचिव श्रवण बरबरिया यादव, सर्लाहीका सचिव डाचाराज वाग्ले, राैतहटका सचिव युवराज भट्टराई र पर्साका सचिव विजय प्रसाद महतो छन् ।

उनीहरुले लिखित रुपमै आफूहरु सचिव पदमा नबस्ने भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई पत्र पठाएका छन् । पार्टीका शीर्ष नेताहरु आफूहरुलाई मानमर्दन हुने गरी पद दिएको र शीर्ष नेतृत्व कम्युनिष्ट विचारबाट विचलित भएको आरोप लगाएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया