मौसम : मध्य र पूर्वी भागमा अाज पनि पानी पर्ने

 असार १९, २०७५ मंगलबार ८:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आज मध्य र पूर्वी क्षेत्रमा पानीपर्ने अनुमान गरिएको छ । हिजो रातिदेखिको पानी केही कम भए पनि फेरि पर्ने सम्भावना रहेकाले आज मध्य र पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पश्चिमी क्षेत्रमा भने आज ठूलो पानी पर्ने सम्भावना नरहेकाले बाढी पहिरोको जोखिम केही कम छ । तर बादलमा जलवाष्पयुक्त हावा रहेकाले पश्चिमी क्षेत्रमा पनि सामान्य वर्षा भने हुने मौसमसवद् वरुण पौडेलले बताउनुभयो । 

शनिबार बेलुकीदेखि लगातार परेको झरी भोलिदेखि भने रोकिने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका धेरै ठाउँमा मनसुन सक्रिय रहेकाले भोलि मौसम बद्ली हुँदै विस्तारै खुल्ने अनुमान गरिएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया