पाँचथर सामूहिक हत्याकाण्ड : शवको पोष्टमर्टम हुँदै

 जेठ ८, २०७६ बुधबार १६:२६:५३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा सोमबार राति विभत्स हत्या गरिएका दुई परिवारका नौ जनाको शवको पोष्टमर्टम सुरु भएको छ । 

कहालीलाग्दो हत्याकाण्डमा हत्या गरिएका नौ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमर्टम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो ।

हत्या गरिएका नौ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमसहित १० जनाको शव आज बिहान धरान पुर्‍याइएको हो । 

झुण्डिएर आत्महत्या गरेका माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छो ज्वाइँ हुन् । माखिमले नै ससुराली परिवार र साढु दाइको हत्या गरेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया