अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ खुम्जुङका दुई जना एकल महिलाले सगरमाथाको सफल आरोहण गरेका छन् ।
हिमालमा श्रीमान गुमाएका निमा डोमा शेर्पा र फुरदिकी शेर्पाले बिहीबार बिहान ५ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका सगरमाथा आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एकल महिलाले शोकलाई शक्तिमा बदलेमा अघि बढ्न सकिन्छ भन्ने सन्देश दिन हामी पनि गर्न सक्छौं भन्ने नाराका साथ उनीहरु सगरमाथा आरोहणमा गएका हुन् ।
फुरदिकीका पति मिङमार शेर्पाले ६ वर्षअघि सगरमाथा चढ्ने बाटो बनाउँदै गर्दा खर्पसमा भासिएर तथा निमा शेर्पाका पति छिरिङ वाङछु शेर्पाले ५ वर्षअघि सगरमाथामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका हुन् । हिमालबाट खुशी खोसिएका फुरदिकी र निमा अहिले खुशी खोज्दै हिमालमै गएका थिए ।
हिमालले खोसेको खुशी खोज्न हिमालमै दुई एकल महिला
आफूहरु जस्तै हिमालमा पति गुमाएका एकल महिलालाई सहयोग गर्ने उनीहरुको लक्ष्य छ । शोकले कोठामै दिन कटाइरहेका एकल महिलाहरुलाई विभिन्न सीप र योजना दिएर संघर्षको मैदानमा उतार्ने लक्ष्यसहित अभियानका क्रममा आफूहरु सगरमाथा चढ्न गएको उनीहरुले बताएका छन् ।
श्रीमान गुमाएपछि बाँच्नकै लागि भारी बोकेर हिमालतिर दौडिरहेका फुरदिकी र निमाले बिहीबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।