काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा: साेमबारसम्म लम्बिने सम्भावना

 जेठ १८, २०७६ शनिबार १७:३४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा अहिले पानी परिरहेको छ । 

काठमाण्डाैका केही ठाउँमा सामान्य बर्षा भैरहे पनि मध्य र पश्चिम पहाडी भेगमा भने ठूलो पानी परिरहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । बंगालको खडीबाट आएको जलवाष्पयुक्त हावाका कारण पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि देशैभर आंशिकदेखि सामान्य बदली भएर पश्चिम, मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने  सम्भावना रहेको उहाँले बताउनुभयाे । भोलि आइतबार पनि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

पर्सि साेमबारसम्म नै देशभर मौसम बदली भएर धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया