कार्यालय प्रमुखको लापर्बाहीका कारण २३ लाखको काम भएन

 असार २०, २०७५ बुधबार १८:५१:२० | डीबी बिष्ट

बझाङ – बझाङको घरेलु तथा साना उद्योग विकास कार्यालयमा चरम लापरबाही भएको भेटिएको छ ।

कार्यलय प्रमुख सन्तोसी नेपालीको लापरबाहीले उपभोक्ताहरुको लागि दिनुपर्ने उद्योग व्यवसायको झण्डै २३ लाख रकमको काम नहुने भएको छ ।

असार महिना बित्न लाग्दा समेत साना उद्योग व्यवासायीलाई अनुदान दिनुपर्ने २३ लाखको हालसम्म उपभोक्ताहरुसँग सम्झौता हुन सकेको छैन । 

सम्झौताविना कार्यक्रम नहुने भएपछि अनुदान पाउन छनौट भएका व्यवासायीहरु आक्रोशित भएका छन् । 

कार्यालयबाट उद्योग व्यवसायीहरुका लागि दिनुपर्ने सामाग्रीहरुको सूचना प्रकाशित गरी सप्लायर्सहरुबाट सामान खरीद गर्नु पर्ने भए पनि कार्यलय प्रमुख नेपालीले सप्लायर्सहरुबाट कमीसनको चलखेल नमिल्दा सामाग्री ढुवानीमा ढिलाई हुने भएपछि यस वर्षको यो कार्यक्रमको रकम फ्रिज हुने निश्चित भएको हो । 

कार्यलयको उपयुक्त प्रविधि हस्तान्तरण अन्तरगत कुखुरा फर्म, सिलाईकटाई, व्यवसायिक तरकारी खेती, मासु पसलका उद्यमी व्यवसायीका लागी दिनु पर्ने सामाग्रीहरु प्रमुखकै कमिसनको तालमेल नमिल्दा अहिले सम्म सूचना प्रकाशित भएको छैन ।

घरेलु विकासको उपयुक्त प्रविधि हस्तान्तरणका लागि झण्डै तीन महिना अघि नै ३० जना उद्योग व्यवसायी किसनहरुलाई छनौट गरेको थियो ।

‘हामीलाई उपयुक्त प्रविधि हस्तान्तरणमार्फत प्रतिव्यक्ति ५० हजार देखि एक लाखसम्म बराबरको अनुदान सामाग्री पाईने भनेर निवेदन माग गरियो, चैनपुरमा कुखुरा व्यवसाय गर्दै आएका लोकेन्द्र खड्काले भने, तर हाकिम सन्तोसी नेपालीको गलत नियतले हामीहरुले सरकारी सेवा बाट बन्चित भयाैं ।’

उनी जस्तै अर्का सिलाइकटाई व्यवसायी मिन बहादुर दमाईले भने,‘सिलाई कटाई मेसीन पाइएला भनेर म ढुक्क भएको थिएँ । हाल आएर हाकिमले यो कार्यक्रम हुँदैन भनेपछि निराश भएँ,’ उनले भने, ‘यस कार्यक्रमका लागि भनेर कार्यालयबाट छनौट भएका व्यवसायीहरुबाट एक एक हजार रुपैयाँसमेत कार्यलयले असुल गरेको छ ।’

उनी जस्तै दिपक नेपाली,कुखुरा व्यवसायी पे्रम प्रकाश छन्त्याल, खड्क दमाई, लगायतका व्यवसायीहरुको समेत यस्तै गुनासो छ । 

कार्यलय प्रमुख नेपालीले धनगढीमा रहेका सप्लायर्सहरुँंग पैसाको लेनदेन नमिल्दा विभागबाट आर्थिक वर्षको दोस्रो चौमासिकमा नै निकासा भएको यस कार्यक्रमको बजेट कार्यक्रममा ढिलाई भएको छ ।

यता घरेलु विकास समितिको उद्योग विकास अधिकृत सन्तोसी नेपालीले भने यस कार्यक्रममा कुनै गलत नियत नभएको र प्राविधिक कारणवश ढिला भएर यसवर्ष यो कार्यक्रम नहुने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया