पूर्वी क्षेत्रमा हुरीबताससहित पानी पर्ने सम्भावना टर्‍यो : मौसमविद्

 जेठ २४, २०७६ शुक्रबार ९:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वी क्षेत्रमा शुक्रबार तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना टरेको मौसमविद्ले बताएका छन् । 

बिहीबार बेलुकी पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली मध्य क्षेत्र हुँदै पूर्वतिर जाने अनुमान गरिएकोमा उत्तरतिर लागेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । 

उहाँले भन्नुभयो ‘हिजो बेलुकी पश्चिममा चलेको हावा बिहान मध्य क्षेत्रमा आइपुगेको थियो, त्यही प्रणाली पूर्व सर्ने देखिएको थियो तर त्यो प्रणाली हामीले जाने अनुमान गरेको बाटोभन्दा माथिबाट उत्तरतिर सरेको छ ।’ यसका कारण पूर्वमा यसअघि अनुमान गरेको जस्तो तीव्र गतिको हुरीबतास चल्ने सम्भावना टरेको उहाँले बताउनुभयो । 

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको थियो ।
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया