विश्वकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल

 असार २२, २०७५ शुक्रबार ७:१६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल खेल्नेछन् । 

फ्रान्स र उरुग्वे बेलुकी पौने आठ बजे र राति पौने १२ बजे बेल्जियम र ब्राजिल खेल्नेछन् । सन् १९९८ को विश्व विजेता फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । उरुग्वे अन्तिमपटक सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै पाँचपटकको विजेता र दुई पटकको उपविजेता ब्राजिल सन् २००२ मा विजेता बनेपछिका लगातार दुई संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो भने लगातार दोस्रोपटक क्वाटरफाइनल पुगेको बेल्जियम अन्तिमपटक सन् १९८६ को विश्वकपमा मात्र सेमिफाइनल पुगेको थियो । विश्वकपमा भोली क्रोएसिया र रुस तथा इङ्ल्यान्ड र स्वीडेन खेल्नेछन् । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया