आज पनि पूर्व र मध्य क्षेत्रमा मौसम नखुल्ने, पश्चिममा आंशिक बदली

 असार २२, २०७५ शुक्रबार ७:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । आज देशभरका धेरै ठाउँको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा अलि तल सरेकाले हिजो अस्तिको भन्दा कम पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज र भोलि हिजो अस्तिको भन्दा कम पानी परे पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना छैन । पश्चिमको मौसम भने आशिंक बदली हुने उहाँको अनुमान छ । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसमविद् गंगा नगरकोटीको अनुमान छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै धरानमा १ सय १६ दशमलव ९ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच बाढी पूर्वानुमान शाखाले आज र भोलि मुख्य नदी जलाधारमा बाढीको ठूलो बाढीको जोखिम नरहेको जनाएको छ । तर पर्सि कन्काई, कोसी, कमला र बागमतीलगायतमा नदीमा बाढी आउँने संभावना भएको भन्दै पूर्व तयारी गर्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया