सप्तरीमा दुई हप्ता अघि भएकाे बलात्कारकाे घटना बिहीबार सार्वजनिक

 असार ५, २०७६ बिहिबार २०:३८:३१ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - गएकाे जेठ २२ गते सप्तरीको खडक नगरपालिका वडा नम्बर ३ की एक २५ वर्षीया दलित युवती बलात्कृत भएकाे घटना बिहीबार सार्वजनिक भएकाे छ ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल  फित्रको दिन (जेष्ठ २२ गते) युवतीको बलात्कृ‌त भएकाे र पीडकले ज्यान मार्ने धम्की दिएका कारण युवतीले घटना सार्वजनिक नगरेकाे बताइएकाे छ ।

स्थानीय एक व्यक्तिले शंकाकाे आधारमा प्रहरीलाई जानकारी गराएसँगै इलाका प्रहरी कार्यालय कडरवोनाका टोली मुचुल्का तयार पार्न पीडितको घर पुगेपछि घटना बाहिरिएको हो । घटना पुष्टि भएसँगै प्रहरीले त्यसै ठाउँका ४५ वर्षीय मोहम्मद मस्तिम मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको फुलबारीमा दिउँसो घाँस काट्न गएकी ती युवतीलाई मियाँले पर्वकै दिन आँपको बगैँचामा लगेर बलात्कार गरेको पीडित पक्षले प्रहरी समक्ष खुलाएका हुन् । उनीहरुले मियाँलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया