अष्ट्रेलियालाई पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा

 असार ८, २०७६ आइतबार ६:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सको निसमा भएको प्रिक्वार्टरफाइनलमा नर्वेले अष्ट्रेलियालाई पेनाल्टीमा ४–१ ले हरायो । निर्धारित समय र आधा घण्टाको अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । 

३१औं मिनेटमा इसाबेल हर्लोभसेनले गोल गर्दै नर्वेलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा इलिसे केलोन्ड नाइटले गोल गर्दै खेल बराबरीमा पुर्‍याइन् । नियमित ९० मिनेटमा गोल हुन सकेन ।

त्यसपछि थपिएको आधा घण्टाको अतिरिक्त समयमा गोल हुन सकेन । तर अष्ट्रेलियाकी डिफेन्डर एलाना क्यानेडी रातो कार्ड खान पुगिन् ।

पेनाल्टीमा नर्वेका क्यारोलिन ग्राहम, गुरो रिटेन, मारेन मेल्डे र इनग्रिड इन्गेनले गोल गरेका थिए । अष्ट्रेलियाका स्याम केरको प्रहार बाहिरिएको थियो भने इमिली गिल्निकको प्रहार नर्वेकी गोलकिपरले बचाएकी थिइन् । स्टेफेन क्याटलीको प्रहार भने गोलमा परिणत भएको थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया